Written by: Sunabi Pokhrel - 2024024, Grade VIII
Posted on: 29 December, 2020
भक्तपुर जिल्ला कटुन्जे नगर क्या राम्रो मिलेको
सुशीला भैरव शिरमा राखी झपक्कै फुलेको ।
बाँसघारीमुनि रहेको घर क्या सुन्दर फूलबारी
दधिकोटपारि बिचमा खोला नजिकको सालघारी ।१।
बाटाको मुनि नयाँ छ बस्ती विचारमा एकमत छ
बाटाको माथि पुरानो बस्ती संस्कार भिन्न छ ।
पुरानो संस्कार नयाँको विचार मिलेको बस्ती यो
विकासको गति विस्तार गरी शिखरै चुमेको ।२।
हिमाल सेतो पहाड हरियो देखिने यो गाउँ
सायदै पाउँला याे सहरमा यस्तो याे राम्रो ठाउँ ।
साधन चल्न राम्रो छ बाटो धुवाँ नि छैन है
डहाड इर्ष्या लोभ र लालच गर्ने कोही छैन है ।३।
करेसाबारी प्राङ्गारिक खेती मिहनती परिवार
मिहनती बन्न प्रेरित गरी सबैले दिन्छन् प्यार ।
गाउँले छनक सहरी चमक दुबैको प्रभाव
स्वच्छ छ हावा मिठो छ पानी छैन केही अम्भाव ।४।
स्कुलको गाडी बासझाङमा बस्छ म कुद्ने गर्दछु
प्रफूल्ल भई देवीको दर्शन म गर्ने गर्दछु ।
फर्केर आउँदा पिपलको रूखमा म रम्ने गर्दछु
रात पर्छ जब भमरा भुर्भुर त्यही ठाउँमा बस्दछु ।५।