Logo

Student Corner

डिस्कोर्ड

Written by: Dhiraj Chapagain - 2022007, Grade X

Posted on: 28 December, 2020

डिस्कोर्ड एउटा अमेरिकी इन्स्ट्यान्ट मेसेजिङ र डिजिटल सामग्री वितरण गर्ने प्लेटफर्म हो । डिस्कोर्ड प्रयोगकर्ताहरूले भ्वाइस कल, भिडियो कल, म्यासेज, तथा निजी कुराकानीमा फाइलहरू वा "सर्बर" भनिने समुदायहरूकाे अंशको रूपमा सञ्चार गर्छन् । डिस्कोर्ड अहिलेको युवाहरूले डिजिटल खेल खेल्दा अथवा केही बोल्नु परेमा प्रयोग गर्ने गरेका छन् । मैले आफ्नाे उदाहरण दिनुपर्दा मेरो दिन पनि डिस्कोर्डमै बित्ने गर्छ । साथीहरूसँग कुरा गर्न होस् वा खेल खेल्दा होस या पढाइबारे छलफल गर्न नै किन नहोस् । मलाई डिस्कोर्ड चलाउन सारै सजिलो लाग्छ । डिस्कोर्डमा यसका अतिरिक्त  बटहरू पनि हुन्छन् । यस्ता बटहरू कम्प्युटर टेक्नोलोजीबाट आफैँ चल्ने भएक कारण बटहरूले स्वतन्त्र रूपमा तथा निर्देशनानुसार धेरै काम गर्न सक्छन्।कुनै बटले हामीले भनेको गीत बजाउँछ त कुनैले हामीले भनेको काम गर्छन् । यस्ता थुप्रै बटहरूले डिस्कोर्डको अनुभव नै छुट्टै बनाइदिन्छ । हाल डिस्कोर्डका ३० करोडभन्दा बडी प्रयोगकर्ताहरू छन् । डिस्कोर्ड कम्प्युटरमा मात्र नभएर फोन तथा यस्तै विभिन्न माध्यमहरूमासमेत उपलब्ध छ । हामीले अरूको मात्रै नभई आफ्नै समुदाय बनाएर आफू जस्तै विश्वभरका थुप्रै मानिसहरूसँग आफ्ना विचार साट्न सक्छौँ । डिस्कोर्डमा थुप्रै खेलदेखि पढाइमासमेत सहयोग गरिदिने सम्पर्क समुदाय छन् । टेक्नोलोजीको विकास र बिस्तारसँगै मैले पनि कहिले नभेटेका  मान्छेहरूसँग साथी हुने मौका पाएको छु । मैले मेरो विद्यालयबाहेकका साथीहरूसँग सबै डिस्कोर्डमार्फत् नै भेटेको हुँ।आफ्नै एउटा सर्बर पनि छ।खासै धेरै मान्छे नभए पनि सबैसँग कुरा गर्दा रमाइलो  नै लाग्छ।