Logo

Student Corner

नौ महिना पछिको विद्यालय अनुभव

Written by: Simone Shree Pathak - 2023012, Grade IX

Posted on: 27 December, 2020

धेरै दिनपछि विद्यालय जाने कुराले एकातिर मन खुसी थियो भने अर्कोतिर डर पनि । अझ भनाै पहिलो दिन म विद्यालय जाने कुराले एकदम आत्तिएकी थिएँ। विद्यालय नगएकाे पनि नाै महिनाभन्दा बढी भएको थियो । बाहिर जे देखिन्थ्याे भित्र अर्कै । वास्तवमा भन्ने हाे भने भित्री मन जान तयार थिएन। ९ महिनाभन्दा बढी घरमा बसेको हुनाले मलाई विद्यालय जान कता कता नाैलाे र एक किसिमकाे भित्री  डरले च्यापेकाे थियाे । 

 काेराेना कालमा म जस्ता सबैकाे घर नै विद्यालय थियाे र छ पनि । हाम्राे विद्यालयले पनि विद्यालयमा नै परीक्षा लिने विचारले पौष ६ गतेदेखि परीक्षा तालिका सार्वजनिक गर्याे । कतिपय साथीहरू बसबाट आउने थिए भने म चाहिँ पैदल थिएँ। जे हाेस् कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरू विद्यालयमा आएर नै परीक्षा दिन तयार भयाैँ । हामीले हाम्राे परीक्षा क्याम्पसकाे भवनमा दिनुपर्ने थियो र अरू जस्तै म पनि विद्यालय पुगेँ । हाम्रो विद्यालयमा परीक्षा क्रमाङ्क भएकाहरूले मात्र प्रवेश गर्न पाउने व्यवस्था थियो। हाम्रो विद्यालयले कोभिडको लागि सबै आवश्यक सुरक्षा सावधानीहरू अपनाएको थियो। शिक्षकहरू सबैले मास्क र ग्लोभज लगाएका थिए र विद्यार्थीहरूलाई पनि मास्क लगाउन लगाइएको थियो। मेरो पहिलो दिनकाे परीक्षा गणित विषयकाे थियो। अरू जस्तै म पनि परीक्षा हल प्रवेश गरेँ। परीक्षा हलभित्र पहिलै नै एक शिक्षक थिए। उनी विद्यार्थीहरू भित्र पस्न र परीक्षा सुरु गर्नका लागि प्रतीक्षा गरिरहेका थिए। मेरा साथीहरू र म परीक्षामा आउने सम्भावित प्रश्नहरूबारे छलफल गर्दै थियौँ। निर्धारित समयमा परीक्षा  सुरु भयाे र सकियाे पनि । परीक्षा १ घण्टा ३० मिनेटकाे थियो। परीक्षा सकिएपछि  म र मेरा साथीहरू परीक्षा कस्तो भयो भनेर एकअर्काेलाई साेध्याैँ  । सबैले राम्रै भएकाे सुनाए ।

केही समय साथीहरूसँग परीक्षाको छलफल गरेपछि हामीलाई घर जान भनिएको थियो । म पनि एउटा साथीसँग घरतिर लागे। म मेरो विद्यालयको सुरक्षा सावधानीबाट पूर्णरूपमा सन्तुष्ट थिएँ। मेरो नौ महिना पछिको विद्यालय अनुभव सोचेको जस्तो नराम्रो थिएन।