Logo

Student Corner

रङहरू

Written by: Salvya Kapali - 2029029, Grade III

Posted on: 24 December, 2020

यस प्रकृतिमा विभिन्न प्रकारका रङहरू हुन्छन् । रङविना हाम्रो जिन्दगी साधारण र फिका हुन्छ  । रङहरूले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । रङहरूका आफ्नै परिभाषा छन् । इन्द्रधनुष पनि रङहरूले नै बनेको हुन्छ । यसमा सातै रङहरू हुन्छन् । याे विशेष गरी  रातो, सुन्तला, पहेँलो, हरियो, निलो, गाढा नीलो र बैजनी रङबाट बन्दछ । यसलाई सप्तरङ्गी पनि भनिन्छ । मलाई मनपर्ने रङ गुलाबी हाे ।  गुलाबी रङ एकदमै सुन्दर हुन्छ । मेरा लुगा, जुत्ता, झाेला आदि सबै गुलाबी रङका छन् । याे रङ धेरै आकर्षक हुन्छ ।