Written by: Pranjal Khatiwada - 2022013, Grade X
Posted on: 23 December, 2020
सामान्यत: सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । ग्रहण औँसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहणऔंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ। पृथ्वीकाे छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हाे । साैर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबिच चन्द्रमाको छायाँ पर्दा सूर्यग्रहण देखिन्छ। आमावास्यबाहेक अरू तिथिमा त्यस्तो स्थिति पर्दैन । यसै गरी पूर्णिमाको रातमा सूर्य र चन्द्र दुवै एक आपसको आमनेसामने रहन्छन् । त्यतिखेर सूर्यको प्रकाश चन्द्रमामा पुरै पर्ने भएकोले बढी चम्किलो हुन्छ। तर त्यसबेला पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रमा छेकिन्छ र चन्द्र ग्रहण लाग्दछ।
पुराणमा ग्रहण हुनुलाई सूर्य र चन्द्रलाई राहुले निलेको भन्ने अर्थ दिइएको छ। त्यसैले यसबेला सुतक लाग्ने हुनाले हाम्रा पञ्चाङ्गहरूमा ग्रहणसमयमा गर्नुपर्ने नियमहरू बताइएका पाइन्छन् । ज्योतिष बराहमिर्ले चर्चा गरेअनुसार एक असुरलाई ब्रह्माबाट ग्रहणमा गरिएको दान पुण्य एवं आहुतिबाट सन्तुष्टि मिल्ने छ भन्ने बरदान मिलेको थियो। त्यही असुर बरदानअनुसार आफ्नो अंश ग्रहण गर्न उपस्थित हुन्छ; जसलाई राहु भनिन्छ। जति बेलासम्म आँखाले देखिन्छ त्यति बेलासम्म ग्रहणको पुण्यकाल मानिन्छ। तर बादल लागेर ग्रहण नदेखिँदा पनि पुण्यकाल नै हुन्छ भन्ने धार्मिक विश्वास छ। ग्रहणको बेला पुण्यकाल त मानिन्छ नै, त्यसमा पनि सूर्य ग्रहण रविबार र चन्द्र ग्रहण सोमबार परेको छ भने त्यसलाई चुडामन्दी योग भनिन्छ। त्यस्ताे योगमा गरेको दानको अनन्त फल बताइएको छ।
ग्रहणकाे समयमा गङ्गा स्नानको विशेष महत्त्व रहेकाे छ र पनि ग्रहणको बेला सबै जल गङ्गा जल र सबै ब्राह्मण दान योग्य बताइएको छ । तर पनि सत्पात्रमा गरिएको दान अधिक पुण्यदायक हुन्छ। ग्रहणको सुरुमा स्नान त्यसपछि हवन ,देवपूजन, मन्त्र जाप , श्राद्ध र दान गर्नु पर्दछ। ग्रहण मोक्ष भएपछि फेरि स्नान गर्नु पर्दछ।