Logo

Student Corner

अपाङ्गमैत्री व्यवहार सामाजिक सचेतना

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 22 December, 2020

अपाङ्गता भन्नाले शरीरका अङ्गहरूमध्ये कुनै पनि एक अङ्ग सामान्य अवस्थामा नरहनु हाे ।सामान्य भाषामा भन्ने हाे भने हात खुट्टा वा शरीरका कुनै महत्त्वपूर्ण अङ्गले काम गर्न नसक्नु भन्ने बुझिन्छ । अपाङ्ग मानिस आफैले चाहेर वा रहरले हुने हाेइन । याे त जन्मजात वा कुनै दुर्घटना अथवा कुनै विपत्तिकाे कारणले हुने हाे । हाम्राे समाजमा अशक्त मानिसहरू र उनीहरूका परिवारलाई आर्थिक र सामाजिक जीवनबाट धेरै तरिकाले बहिष्कार गरिन्छ। उनीहरूलाई समाजिक कार्यमा सहभागी गराइदैन  । यस्ताे हुनु भनेकाे सामाजिक सचेतनाकाे कमी हाे ।

अपाङ्गता भएका व्यक्तिलाई सहयाेग सद्भाव र अवसरकाे खाँचाे हुन्छ । अवसर पाएमाअपाङ्गता भएका व्यक्तिहरू पनि सामान्य मानिससरह आफ्नाे जीवन व्यतीत गर्न सक्छन् । उनीहरू हाम्रै समाजका सदस्य   हुन् भन्ने कुरा हामी सबैले बुझ्नु  जरूरी छ । अपाङ्गता भएका  व्यक्तिलाई कसरी सम्बोधन गर्ने र उनीहरूसँग उपयुक्त व्यवहार कसरी गर्ने भन्ने बारेमा हामी जानकार हुनुपर्छ । अपाङ्ग कुनै पूर्व जन्मकाे फल वा पापकाे सजाय हाेइन भन्ने कुरा हामीले आफूले बुझेर अरूलाई पनि बुझाउनु पर्छ । 

अपाङ्गमैत्री व्यवहार रसामाजिक सचेतनाका निम्ति दैनिक कुराकानीलगायत हरेक कार्यमा,अशक्त मानिसहरूलाई स्वतन्त्र व्यक्तिको रूपमा हेर्न र उनीहरूलाई सामान्य मानिससरह व्यवहार गर्नुपर्छ। उनीहरूलाई आफूसक्दाे सहयाेग गर्नुपर्छ । उनीहरूकाे मनाेबल बढाउने र हाैसला दिने काम गर्नुपर्छ।