Logo

Student Corner

मलाई मन पर्ने फल

Written by: Bishakha Upadhayaya - 2029012, Grade III

Posted on: 22 December, 2020

मलाई मन पर्ने फलफूल  केरा  स्याउ र आँप हो । केरा हरियाे र पहेँलो हुन्छ । नपाकेको केरा हरियो हुन्छ । नपाकेको केरा खाँदा नमिठाे हुन्छ । हामीले फलफूल  काँचो खानु हुँदैन । केरा खाँदा हामीलाई धेरै फाइदा हुन्छ । स्याउका पनि धेरै फाइदा हुन्छन् । स्याउ धेरै प्रकारका हुन्छन् । कुनै स्याउ साना कुनै ठुला हुन्छन् । आँप पनि मलाई धेरै मन पर्छ । आँप  गर्मी मौसममा पाइन्छ । नपाकेकाे आँप हरियो हुन्छ । पाकेपछि  गुलियो र मिठो हुन्छ । आँपले हामीलाई फाइदा गर्छ । हामीले दिनहुँ फलफूल खाने बानी बसाल्नुपर्छ । फलफूल खाँदा राम्रोसँग  पखालेर अनि काटेर खानुपर्छ । फोहोर र सडेगलेको फलफूल खानुहुँदैन ।