Logo

Student Corner

भानुभक्त आचार्य

Written by: Simone Shree Pathak - 2023012, Grade IX

Posted on: 21 December, 2020

भानुभक्त आचार्यको जन्म २९आषाढ वि सं १८७१ मा तनहुँकाे  चुँदी रम्घामा भएकाे हाे । उनी नेपाली साहित्यका आदिकवि हुन् । अध्यात्म रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्ने महत्त्वपूर्ण कार्य उनीबाट नै भएकाे थियाे ।नेपाली भाषामा अनुदित पहिलाे महाकाव्य लेख्ने भानुभक्त शाश्त्रीय कवि हुन् ।

भानुभक्त आचार्य ब्राह्मण परिवारमा जन्मेका थिए । उनले  हजुरबुबाबाट घरमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए ।। उनका बाजे संस्कृतका विद्वान् भएकाले उनले पनि बाजेबाट संस्कृत भाषा सिक्ने अवसर पाए । उनी पहिलेका  धेरै कविहरूले संस्कृतमा कविता लेखेका थिए भने आचार्यले नेपाली भाषामा लेख्न सुुरु  गरे । अधिकांश नेपालीले संस्कृत भाषा नबुझ्ने  हुनाले उनले संस्कृत महाकाव्यलाई नेपाली भाषामा अनुवाद गरे। रामायणको काल्पनिक कथा शैलीको संरक्षणका साथै भाव र मर्मलाईसमेत ख्याल गरी अनुवाद गरेका छन् । 

उनले कुनै पश्‍चिमी शिक्षा प्राप्त गरेनन् ।उनका रचनामा नेपाली स्वाद,नेपाली लाेकलय,नेपाली जनजीवन र नेपाली माटाे पाउन सकिन्छ । उनका फुटकर रचनाका साथै खण्डकाव्य र महाकाव्यमासमेत यस्ताे नेपालीपन पाउन सकिन्छ । उनका लेखनका विशेषताहरूमा धर्मको भावना, सरलता र आदर्श समाजकाे परिकल्पना भेट्न सकिन्छ।  घाँसीबाट प्रेरित भएर साहित्य लेखनमा लागेका कवि नेपालीका लाेकप्रिय र आदिकवि बनी मन मुटुमा बस्न सफल भएका छन् । उनले आफ्नाे जीवनकालमा भाेगेका र देखेका विषयवस्तुलाई साहित्यकाे प्रमुख स्राेत बनाएका छन् । आफूले भाेगेकाे देखेकाे कुराबाट प्रभावित भएर साहित्य रचना गर्न सक्नु यिनकाे बाैद्धिक खुबी हाे । 

भानुभक्त आचार्यले आफ्नाे जीवन कालमा एक रामायण, आधा दर्जन जति खण्डकाव्य र थुप्रै फुटकर कविताहरू रचना गरेका छन् । यीमध्ये रामायण,प्रश्नाेत्तर,भक्तमाला र बधूशिक्षा उनका चर्चित कृतिहरू हुन् । नेपाली भाषा र साहित्यको जग बसाल्ने काम यिनले गरेकाले कवि मोतीराम भट्टले आचार्यलाई आदिकवि भनेका हुन्।  वि.सं. १९२५ मा यस संसारबाट बिदा भएका भानुभक्त आचार्यका कृतिले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन्।