Logo

Student Corner

दसैँ

Written by: Siddhartha Chaulagain - 2029037, Grade III

Posted on: 21 December, 2020

दसैँ हिन्दु धर्मावलम्बीहरूले मनाउने विशेष चाड हाे । दसैँमा धेरै दिन बिदा हुन्छ । बिदामा हामीले चङ्गा उडाउँछौँ । हामीले घर-आँगन सफा राख्छाैँ । दसैँमा  सबैको घरमा मासुभात तथा अन्य मिठा मिठा खानेकुरा बनाएर खान्छन् । दसैँमा राताे टीका  निधारमा लगाई टाउकामा जमरा राखिन्छ । आफूभन्दा ठूलाले दिएको आशीर्वाद पनि थाप्ने गरिन्छ । हामी टीका थाप्न र आशीर्वाद लिन आफन्तको घरमा जान्छौंँ । आफन्तसँग भेटघाट गरी रमाइलो पनि गर्छौँ । दसैँ सबैसँग भेटघाट गरी खुसीयाली पूर्वक मनाउने रमाइलो चाड हो ।