Logo

Student Corner

'मेरो देश नेपाल '

Written by: Deelisha Maharjan - 2022006, Grade X

Posted on: 20 December, 2020

सुन्दर ती धानका बालाहरू  लहिरएको,

 सुन्दर सुन्दर तीफुलहरू  फक्रिएका,

ती लहरा हावामा लहिरएको,

गौरवसाथ  भन्छु, मेरो देश नेपाल हो ।

 

ती डाँडामा ढकमक्क फुलेका लालीगुराँस 

रमाइरहेका डाँफे, मुजुर र काेइली 

विविधता सबैमा भाषा,धर्म,जाती,संस्कृतिमा

 बहु -जातीय,बहु- भाषी, देश मेरो नेपाल ।

 

 वीर गोर्खालीका सन्तान हामी,

सगरमाथा हाम्राे पहिचान,

यसमै अडेकाे छ, हाम्राे स्वाभिमान,

उजाड धर्तीलाई हराभरा पार्ने हाम्रा किसान। 

 

पवित्र तीर्थ,मठ र मन्दिरहरू भएकाे मेरो देश, 

 

ताल,झरना,र हिमाल हाम्रा  सम्पत्ति

हिमालय पर्वतका हामी सन्ततिहरू,

गर्वसाथ भन्छाैँ, बुद्ध हाम्रा ज्ञानका मुहान हुन्।