Logo

Student Corner

सान्नानी: कथा समीक्षा

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 17 December, 2020

सान्नानी सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित श्वेतभैरवी कथा सङ्ग्रहमा सङ्गृहित कथा हाे । याे कथासङ्ग्रह(२०३९)मा प्रकाशन भएकाे थियाे। नेपाली साहित्यमा विशेषत: कथा र उपन्यासद्वारा मनोविश्लेषण भित्र्याएका काेइराला यौनमनोविश्लेषणका क्षेत्रमा पनि सफल देखिन्छन् । काेइरालाले प्रस्तुत कथामा पनि याैनमनाेविज्ञानलाई देखाउन खाेजेका छन् ।

विश्वेश्वरप्रसाद कोइरालाले करावासमा रहेका बेला श्वेतभैरवी कथा सङ्ग्रहका चार कथाहरू  लेखेका थिए । जसमा सान्नानी, राइटर बाजे, एक रात र श्वेत भैरवीका कथाहरू समावेश छन्। यस कथासङ्ग्रहको पहिलो कथा सान्नानी हो।  यस कथाको सुरूवातमा एउटा बालक आफ्नो सहर छाडेर गाउँमा बस्न आएको सन्दर्भलाई देखाइएको छ।  

सान्नानी कथामा एउटा अबाेध बालक जो सहरमा हुर्किएको थियो, त्यो एकदिन गाउँमा आइपुग्छ।  त्यो ठाउँको वातावरण र परिवेश उसको लागि धेरै नयाँ थियो।  त्यो बालकलाई  गाउँको फराकिलाे ठाउँमा  घुम्न धक र केही डर लाग्थ्याे ।  एकदिन म पात्रलाई आफ्नी आमाको माध्यमबाट सान्नानी भन्ने साथी फेला परी।  उसले म पात्रलाई पुरै गाउँ घुमाई । अनि उसकाे डर धक सबै हराएर गयाे।  बिस्तारै सान्नानीकाे सहयाेग र सम्पर्कले ऊ काेशी नदीसम्म नुहाउन जान थाल्याे । 

 

केही दिनपछि कोशी नदीमा बाढी आयो । बाढीले गाउँमा धेरै क्षति पुग्यो र बिस्तारै सबै कुरा सामान्य हुँदै जान थाल्याे ।  समय बित्दै गयो ।म पात्र र सान्नानीकाे मित्रता बढ्दै गयाे ।  एकदिन सान्नानीलाई उनकी आमाले उनलाई मानमर्यादामा बस्नुपर्ने र केटाहरूसँग घुमफिर नगर्न भनिन् । नेपाली समाज पितृसत्तात्मक समाज भएकाले उनकी आमामा पनि याे साेचाइ आउनु स्वभाविक नै थियाे । समय बित्दै जाँदा म पात्र पनि गाउँ छाेडेर सहर जाने समय आयो । यता सान्नानीकाे पनि बिहे हुनआँटेको थियो।  सहर जानुभन्दा पहिले म पात्र  सान्नानीसँग भेट्न आइपुग्यो।  दुवैले एकअर्कालाई नबिर्सिने वचन दिए ।

तीस वर्षपछि लेखकको सान्नानीसगँ भेट हुन्छ । सान्नानीले म पात्रलाई  बिर्सेसकेकी हुन्छिन् ।  बालापनकाे मित्रता भुल्दा म पात्रलाई कता कता नरमाइलाे लाग्छ । सान्नानीले  म पात्रलाई दिएकाे वचन पुरा हुन सक्दैन ।