Logo

Student Corner

बजार घुमघाम

Written by: Samrajya Basnet - 2029046, Grade III

Posted on: 17 December, 2020

म न्युरोड बजार घुम्न गएको थिएँ । मलाई न्युरोड बजार एकदमै रमाइलो ठाउँ लाग्यो । न्युरोडमा हामीले सामानहरू किनबेच गर्न सक्छौँ । न्यूरोडमा हामीले पसल पसलमा मात्र हैन सडकका छेउमा पनि सामानहरू किन्न सक्छौँ । त्यहाँ लुगा कपडा, जुत्ता घरायसी सामान, खानेकुरा आदि बेच्न राखिएका हुन्छन् । न्युरोडमा चाड पर्वका बेलामा धेरै भिडभाड देखिन्छ । मानिसहरूले सामान किन्न र बेच्न बजारमा आउँछन् । मैले पनि पोहोरसाल न्युरोडमा गएर लुगा, जुत्ता किनेको थिए तर कोरोनाको महामारीले गर्दा यसपालि धेरै पसलहरू बन्द छन् । कोरोनाले गर्दा मानिसहरूले नयाँ सामानहरू किन्न पाएका छैनन् ।