Logo

Student Corner

स्टीम

Written by: Shaswat Paudel - 2022019, Grade X

Posted on: 16 December, 2020

स्टीम एक भिडियो खेल डिजिटल वितरण सेवा हो।यो सफ्टवेयर व्यल्व कर्पोरेशनले सञ्चालन गरेको छ।स्टीम २०६० भदौ १७ मा सुरू भएको हो । स्टीम सुरमा एक “स्ट्यान्डअलोन सफ्टवेयर क्लाइन्ट” का रूपमा सुरूआत भएको थियो। स्ट्यान्डअलोन सफ्टवेयर भन्नाले कुनै पनि सफ्टवेयर जसलाई अन्य हार्डवेयर वा सफ्टवेयरको  स्वतन्त्र रूपमा सञ्चालन गर्न सकिन्छ । स्ट्यान्डअलोन सफ्टवेयरलाई परिचालन गर्नका लागि अरू सफ्टवेयर चाहिँदैन। व्यल्व कर्पोरेशनले आफ्ना डिजिटल भिडियो खेलका लागि स्वचालित अपडेटहरू प्रदान गर्ने लक्ष्यले स्टीम बनाएको थियो।आजको स्टीम र व्यल्व कर्पोरेशनले पहिला बनाएको स्टीममा धेरै भिन्नता छ।आज स्टीममा व्यल्वका मात्र  भिडियो खेल नभएर हजारौँ तेस्रो पक्ष प्रकाशकहरूका भिडियो खेलहरू रहेका छन्। स्टीमको पहिलो  संस्करणमा यस्तो थिएन । स्टीमको पहिलो संस्करण १७ वर्ष अगाडि आएको थियो। त्यतिबेला कम्प्याक्ट डिस्कको चलन थियो। स्टीमको सिद्धान्त कसैले पनि बुझेका थिएनन् । स्टीम पहिला आउँदा असफल भएको थियो। कम्प्याक्ट डिस्कको चलन हट्दै र इन्टरनेटको भिडियो खेल क्षेत्रमा आगमन भएपछि मानिसले स्टीमको सहजतामा ध्यान दिन थाले । स्टीममा भएको विशेषता भनेको भिडियो खेल उपभोक्ताले जुन सुकै पनि ठाउँबाट खेल्न सक्ने हुनु हाे ।यो विशेषताका कारण  स्टीमकाे लाेकप्रियता  बढ्दै गयो। स्टीम अहिले संसारको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म हो। पहिलोपटक असफल भए पनि  व्यल्व कर्पोरेशनले स्टीमलाई आज धेरै उपयोगी बनाएको छ। स्टीम आज  विश्वको सबैभन्दा ठुलो भिडियो खेल वितरक हो। स्टीम भिडियो खेल विश्वव्यापी बजार सेयरको ७५% को लागि जिम्मेवार छ । विश्वव्यापी रूपमा नै ५० - ७० %  डिजिटल खेलहरू स्टीमबाट वितरण हुन्छन्। स्टीमले आफू भिडियो खेल डिजिटल वितरण सेवा भए पनि ग्राहकहरूको लागि सम्पूर्ण सामाजिक प्लेटफर्म बनाएकाे छ । स्टीममा दुई ग्राहकहरू एक अर्कासँग कुराकानी गर्नेदेखि लिएर साथीहरू बनाउन पनि सकिन्छ|  यी ठुलाठुला परिवर्तनका कारण हामीसँग आजको स्टीम छ। आज स्टीममा मासिक ९.५ करोड ग्राहक छन्।यति मात्र होइन, स्टीमको सेवामा आज ३४ ००० भन्दा बढी डिजिटल भिडियो खेल वितरण हुन्छन।  स्टीम पहिला  व्यल्व कर्पोरेशनले आफ्ना भिडियो खेलहरूका लागि नियमित अपडेट प्रदान गर्नका लागि सुरु गरेको भए पनि पछि यो सेवा अरु प्रकाशकसँग पनि सम्झौता कारण हामीसँग आजको स्टीम छ। पहिलाको संस्करण त्यति सफल नभएको भए पनि यो सफ्टवेयर समय क्रमसँगै सुध्रदैँ गएकाे छ । समयक्रमसँगै स्टीम आज विश्वको प्रमुख डिजिटल वितरण सेवा बन्न सफल भएकाे छ।