Logo

Student Corner

लकडाउनमा मेराे चित्रकला

Written by: Prasiddhi Dangol - 2027017, Grade V

Posted on: 16 December, 2020

झन्डै नाै महिनादेखि काेराेना भाइरस महामारीका कारण घरमा नै थुनिनुपरेको छ । त्यसैले मैले केही काम नगरी बस्नुभन्दा चित्रहरू बनाउन थालेँ । धेरै दिनपछि चित्र बनाउन लागेर हाेला मेरा  चित्रहरू  राम्रा हुन सकेनन् । मैले कत्ति पनि हरेस खाइनँ बरू निरन्तररूपमा चित्र बनाउँदै गएँ ।  बिस्तारै चित्रकलामा सुधार पनि आउँदै जान थाल्याे ।

यसै बिचमा  मेरा अनलाइन कक्षाहरू पनि  सुरु भए ।  मलाई धेरै खुशी लागिरहेकाे थियाे  किनभने अनलाइन कक्षामा चित्रकलाको पनि कक्षा थियो । यसपछि मैले मेरा शिक्षकबाट पनि धेरै कुराहरू सिक्ने अवसर पाएँ । याे काम अझै पनि निरन्तर रूपमा चलिरहेकाे छ । चित्र बनाउनका लागि मैले सिसाकलम प्रयोग गर्छु । चित्रमा रङ्ग भर्न चाहिँ मैले धेरैथरीका रङ्हरूको प्रयोग गर्ने गरेकी छु । विभिन्न किसिमका रङ्गहरू किन्न मलाई बाबाले सहयाेग गरिदिनुहुन्छ । चित्र बनाउन थालेदेखि नै मैले एउटा अथवा दुई वटा चित्र बनाउन थालेँ । कहिलेकाहीँ त म चित्रसम्बन्धी युट्युब पनि हेर्छु भने कहिलेकाहीँ धेरै नै अगाडि आफैले बनाएका चित्र हेर्छु अनि यहाँ याे रङ्ग लगाउन पाएकाे भए राम्राे हुने रहेछ भनी साेच्दछु । म प्राय गरेर आफ्नै साेचले चित्रहरू बनाउने गर्दछु । म चित्र बनाउने बेलामा शान्त ठाउँमा बसेर बनाउँछु । चित्र बनाउन म कहिल्यै पनि हतार गर्दिनँ । छिटाेछिटाे सकिहालाै भन्ने साेच मनमा नै राख्दिनँ । अहिलेसम्म मैले लगभग ३५ वटा जति चित्र बनाइसकिछु । यसलाई निरन्तरता दिने नै मेराे याेजना छ । हेरूँ कतिसम्म बनाउन सकिने रहेछ । तिमीले राम्रा बनाएका चित्र फ्रेमिङ गरेर राखिदिने कुरा बाबाले भन्नुभएकाे छ । याे कुराले पनि म निकै उत्साहित भएकी छु । फुर्सदकाे समय मैले यसरी नै बिताउन थालेकी छु ।