Logo

Student Corner

मेरी आमा

Written by: Ridika Gurung - 2030032, Grade II

Posted on: 16 December, 2020

मेरी आमाको नाम राधा गुरुङ हाे । मेरी आमा तेत्तिस वर्षकी हुनुभयो । मेरी आमालाई दाल, भात, तरकारी र ढिँडो खान मन पर्छ । मेरी आमाले मलाई माया गर्नुहुन्छ । म पनि आमालाई  धरै माया गर्छु । आमाले मलाई घुमाउन लैजानुहुन्छ । मलाई धेरै  खेलौना, खानेकुरा, लुगा आदि किनिदिनुहुन्छ । आमासँग घुम्न पाउँदा मलाई धेरै खुसी लाग्छ । आमाले मलाई मिठा-मिठा खानेकुरा पकाएर खुवाउनुहुन्छ । म पनि आमालाई धेरै सहयोग गर्छु । आमाले मलाई गृहकार्य गर्न  मदत गर्नुहुन्छ । म पनि आमालाई भान्सामा खाना पकाउन, काेठा सफा गर्न,  लुगा धुन सहयोग गर्छु । मलाई मेरी आमाकाे धेरै माया लाग्छ ।