Logo

Student Corner

सगरमाथा

Written by: Prasiddha Shrestha - 2029024, Grade III

Posted on: 15 December, 2020

सगरमाथा हाम्रो देशको पहिचान हो । सगरमाथा हाम्रो देशमा भएकोले हाम्रो देशलाई संसारका सबै मानिसहरूले चिन्दछन् ।  सगरमाथाको उचाई ८,८४८ मिटर अग्लो छ । सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । सगरमाथाले नेपालको इज्जत बढाएको छ ।  सगरमाथा सोलुखुम्बु जिल्लामा पर्दछ । यहाँ वर्षैभरि चिसो हुन्छ र सधैँ हिउँ पर्छ । सगरमाथा चढ्न देश-विदेशका मानिसहरू प्रशस्त आउने गर्दछन् । अहिलेसम्म धेरै मानिसहरूले सगरमाथा चढिसकेका छन् ।