Logo

Student Corner

फूलबारी

Written by: Shreyasa Dangol - 2029036, Grade III

Posted on: 14 December, 2020

फूलबारी भनेको विभिन्न फूलहरू रोप्ने, उमार्ने र रङ्गीचङ्गी फुलाउने ठाउँ हो । फूलबारीमा विभिन्न रङका फूलहरू फुलेका हुन्छन् । मेरो घरको कौसीमा सानो फूलबारी छ । त्यहाँ राता, सेता, गुलाबी, पहेँला, सुन्तालाका साथै विभिन्न रङका फूलहरू फुलेका छन् । कुनै फूलका बोट होचा छन् ।  कुनै फूलका बोट अग्ला छन् । कुनैका लहरा छन् भने कुनै फूलका डाँठ मोटा मोटा छन् ।  जस्तो बोट भएपनि फूल फुलेपछि फूलबारी राम्रा र रङ्गीविरङ्गी देखिन्छन् । फूलबारी ज्यादै राम्रो हुन्छ । आहा ! मेरो घरको फूलबारी क्या राम्रो छ । फूलबारीमै बसिरहुँ जस्ताे लाग्ने ।