Logo

Student Corner

भूकम्पीय सुरक्षाप्रति हाम्रो दायित्व

Written by: Bipana shrestha - 2023003, Grade IX

Posted on: 13 December, 2020

भूकम्प भूगर्भीय गडबडीबाट पैदा हुने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवश पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भूथलको कम्पनलाई नै भुईंचालो भनिन्छ।
भूकम्प एक प्राकृतिक विपद् भएकाले यो कति बेला आएर कति मात्रामा जनधनको क्षति गर्छ भन्ने कुरा अग्रिम रूपमा आकलन गर्न सकिँदैन । त्यसरी नै भूकम्प गए लगत्तै त्यसले गरेको क्षतिलाई तत्काल कम गर्न पनि सकिँदैन । यद्यपि पूर्वयोजना बनाएर सोहीअनुरूप कार्यान्वयन गर्न सकिएमा भूकम्पलगायतका विपत्तिहरूबाट हुनसक्ने क्षतिलाई अवश्यै कम गर्न सकिन्छ । 
यसका लागि भौतिक संरचनाहरू बनाउँदा उचित ध्यान दिनुका साथै आमजनमानसमा भूकम्पीय जोखिमसम्बन्धी चेतना फैलाउनु पनि त्यत्तिकै जरुरी छ । भुईंचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाईवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुईंचालो जानसक्ने सङ्केत हुन सक्छ। 
यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ। असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मतसम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाँधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुईंचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनि बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भुईंचालोबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिन्छ। 
भुईंचालोको भविष्यवाणी गर्न सकिँदैन। भुईंचालोबाट बच्ने उपाय भनेको भुईंचालो पूर्व गर्नुपर्ने तयारी नै हो। भुईंचालोको समयमा लिएर हिँडने झोला तयार राख्‍नुपर्छ। उक्त झोलामा यी वस्तु हुनुपर्छ: टर्च र व्याट्री, सानो रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधीहरू र आफ्नो परिचयपत्रको फोटोकपीहरू । 
आपत परेको बेला खबर गर्न आफुसँग सधैँ सिट्ठी राख्‍नुपर्छ । भुईंचालो गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरू आदानप्रदान गर्नुपर्छ । भुईंचालोको समयमा खस्ने वस्तुहरू मृत्यु अथवा चोटपटकका मुख्य कारण हुन्। यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि घरपरिवारले सजगता अपनाउनुपर्छ । 
भुईंचालोको धक्का आएको बेला सुरक्षित रहने उपाय भनेको घुँडा टेकेर गुडुल्किने र ओत लागेर समात्ने हो।यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्‍नु पर्दछ।जब भुईंचालो रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरू उत्पन्न हुन्छन्। यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी आदि पर्दछन्। मानिसहरूले यस्ता जोखिमहरू छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ । भुईंचालो आएको बेला शान्त रहनु महत्त्वपूर्ण हुन्छ। ऊर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नका लागि चिच्याउनु  हुँदैन। 
प्राकृतिक रूपमा भुईंचालो जानुबाट आफैँमा धनजनको क्षति हुँदैन। तर खराब भवन, संरचना इतर उपायहरूको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरू सङ्कटका कारण हुन् । त्यसैले यसतर्फ हामी सबै सचेत हुनुपर्छ ।
स्राेत: ;सामाजिक सञ्जाल