Logo

Student Corner

यसपालिको दसैँ

Written by: Sambid Dhakal - 2029031, Grade III

Posted on: 13 December, 2020

नेपालमा धेरै चाडपर्वहरू मनाइन्छन् । तीमध्ये दसैँ हिन्दुहरूको 
सबैभन्दा ठूलो चाड हो । दसैँमा टाढा टाढा भएका 
मानिसहरू आफ्नो घर आएर आफूभन्दा ठूला मान्यजनसँग टीका र जमरा लाउँछन् र आशीर्वाद लिन्छन् । 
विश्वका मानिसहरूले कोरोनाका कारण दुःख पाएको हुनाले 
यसपालिको दसैँ  त्यति रमाइलो हुन सकेन किनभने म गाउँमा 
गएर आफ्नो हजुरबुबा र हजुरआमाकाे हातबाट टीका 
लगाउन पाइन । त्यसैले मैले घरमै बसेर टीका लगाएँ । भक्तपुरमा दिदी भिनाजु पनि हुनुहुन्थ्यो तर  उहाँहरू आउनुभएन त्यसैले मलाई साह्रै नरमाइलो लाग्यो तर काका काकी चाहिँ आउनुभयो । 
मैले काका काकी र बाबाको हातबाट टीका लगाए तर मैले मामुको हातबाट टीका लगाउन पाइन किनभने मामुको ठुलीआमा बित्नु भएको थियो ।
टीका र जमरा लगाए पछि हामीले खाना खायौँ । काका काकी पनि एकैछिनमा हिँड्नुभयो । यसरी नै यसपालिको दसैँ बित्याे ।