Logo

Student Corner

'ए माया' !

Written by: Deelisha Maharjan - 2022006, Grade X

Posted on: 10 December, 2020

ए माया तिमी कता छौ ?

हरेक दिन र रात तिमीलाई नै सम्झेर 

प्रतीक्षा गरेकी छु मैले, 

तिमी कैले आउँछौ भनेर, 

 

ए माया  तिमी छौ,  मभन्दा

काेसाैँ टाढा

तिम्रो मायाले सताउँछ; मलाई रातदिन

तिम्रो मुहार मेरो मुटुमा बसेकाे छ ।

ए माया तिमी कता छौ ?

 

ए माया तिमीलाई म धेरै माया गर्छु ,

तर, माया गर्छु भन्न लजाउँछु ।

तिमी यहाँ  छैनाै र पनि माया छ, 

ए माया तिमी कता छौ ?

 

हाम्रो यो सम्बन्ध मुना र मदनकाे जस्तो न होला, 

तर 

तिमी मसँग भएका पलहरु मुनामदनभन्दा कम छैनन् ,

तिमीसँग  हुँदाका बालापनहरु कति कति 

मैले बिर्सेकी छैन;   तिमीले बिर्से जति ।

ए माया तिमी कता छौ ?

 

तिमीले तड्पायाै;  मलाई,

जीवन बित्न थाल्याे,  मेराे

 धीरताकाे बाँध टुट्न थालिसक्याे। 

ए माया तिमी कता छौ ?

 

 तिमी आउने आशा मारेकी छैन मैले, 

नआए पनि तिमीलाई भुल्ने छैन मैले ,

डाकिरहेछ,  तिमीलाई मेराे अन्तर मनले 

तिमी आउने प्रतीक्षामा छ मेराे मन ।