Logo

Student Corner

कोर्टाना

Written by: Dip Rajbahak - 2022008, Grade X

Posted on: 09 December, 2020

कोर्टाना भनेको एउटा भर्चुअल  सहायक सामग्री हो, जसले हामीहरू लाई विभिन्न काम गर्न सहयोग गर्छ l कोर्टानाले हामीहरूलाई कति बजे के गर्ने र कति समय बाँकी छ भनेर सम्झाउँछ l याे एपकाे प्रयाेग युरोपियन देशहरूमा बढी हुन्छ।कोर्टाना  एपकाे निर्माण माइक्राेसफ्ट कम्पनीले गरेकाे हाे । यो विन्डाेज ८, ८.१ र १० मा मात्रै चल्छ । त्योभन्दा अगाडिको संस्करणमा चाहिँ चल्दैन l नेपालमा यसको प्रयोग खासै भएको छैन र हाम्रा कम्प्युटर र ल्यापटपमा पनि चल्दैन l तर नयाँ जेनेरेसन जसमा १६ जिबी र्याम  भएको आइ ५,आइ ७ जस्ता जेनेरेसन वालामा चाहिँ यसलाई भेट्न सक्छाैँ l 

कोर्टानालाई चलाउनको लागि कम्प्युटरको र ल्यापटपको किबोर्डमा विनकी जोडसी वालासँगै थिच्दा यो खुल्छ l अर्को तरिका चाहिँ गुगल भ्वाइसबाट पनि याे खुल्छ l हामीले साेधेखाेजेकाे प्रश्नको उत्तर यसले गुगलबाट खोजेर दिन्छ l कोर्टानाले निजी जानकारी भण्डारण गर्दछ । जस्तै रुचिहरू, स्थान डेटा, अनुस्मारकहरू, र नोटबुकमा सम्पर्कहरू आदि l यसले मानिसलाई सम्झना गराउँछ कि मैले कुन काम कतिबेला गर्नुपर्छ भनेर त्यसैले पनि विकसित देशहरू मा याे लाेकप्रिय छ l कतिपय यस्ता कुराहरू  छन्; जुन मानिसहरू  चाहन्छन कि कोर्टानाले यस्ता कामहरू  गराेस्-: जस्तै कोर्टानालाई अफलाइन काम गर्न अनुमति दिने, कोर्टानाले फाेन, सन्देश अथवा इमेल जस्ता कुराकाे आफैँ उत्तर दिने आदि । हामीले आफ्नो स्क्रिनमा भएका कुराहरूका बारेमा  पनि कोर्टानासँग छलफल गरेर सुझाव लिन सक्छाैँ।

अन्त्यमा,  कोर्टानाले अहिले मानिसहरूका लागि धेरै नै सहयोग गरिरहेको छ । कोर्टानाले मानिसकाे सहयाेगी भई विभिन्न काममा सहयाेग गर्नाले समयकाे बचत पनि गरिदिएका कारण दिनप्रतिदिन लाेकप्रिय बन्दै गइरहेकाे छ  ।