Logo

Student Corner

यसपालिको तिहार

Written by: Jyotsana Tako - 2028051, Grade IV

Posted on: 09 December, 2020

यसपालिको तिहारमा मेरो विद्यालयले हामीलाई पाँच दिनको छुट्टी दिएको थियो । पाँच दिनको छुट्टीको पहिलो दिन काग तिहार थियो । काग तिहारको पहिलो दिन मैले र मेरो भाइले एउटा प्लेटमा कागलाई खाना खान दियाैँ ।  तिहारको दोस्रो दिन कुकुर तिहार थियो ।  हामीले घरमा कुकुर पालेका थिएनाैँ । त्यसैले मैले बाटोमा हिँडिरहेको कुकुरलाई पूजा गरेँ । माला लगाइदिएँ र उसलाई बिस्कुट खाना दिएँ । तेस्रो दिन गाईतिहार थियो ।  मेरो घरको वरिपरि कतै पनि गाई नभएको कारणले गर्दा मैले गाई पूजा गर्न पाइँन । गाई पूजाको दिन मैले भाइसँगै खेलेर समय बिताएँ । तिहारको चौंथो दिन गोवर्धन पूजा थियो ।  त्यस दिन नेवारहरूको नयाँ वर्ष पनि थियो । हामीले गोवर्धन पूजा पनि गर्न पाएनौँ । हामी नेवार समुदायको नयाँ वर्ष भएको कारणले गर्दा त्यस दिन मेरो बुबाले रेष्टुरेन्टबाट मिठामिठा खानेकुराहरू लिएर आउनुभयो । हामीले मिठामिठा खानेकुराहरू खाएर नयाँ वर्ष मनायाैँ । तिहारको पाँचौं दिन भाइटीका थियो ।   भाइटिकाको दिन मैले मेरो भाइलाई सप्तरङ्गी टीका र सयपत्री फूलको माला लगाइदिएँ । त्यस दिन भाइको पूजा गरिसकेपछि मैले भाइलाई खानेकुराहरू, मसलाहरू दिएर धुमधामसँग भाइको पूजा गरेँ । मेरो भाइले मलाई कलम र थरीथरीका रङहरू उपहार दियो । भाइले मलाई दक्षिणा पनि दियो । यसरी मैले यसपालिको तिहार मनाएँ ।