Logo

Student Corner

राईटर बाजे कथा समीक्षा

Written by: Himani Bhattarai - 2023017, Grade IX

Posted on: 08 December, 2020

दोस्रो कथामा लेखकले एक पत्नीको रूपमा आफूलाई दर्शाएका छन्।एकदिन राईटर बाजेले एक भित्तिनी बालिका ल्याएका हुन्छन् ।उनी १४ बर्षकी थिइन ।राईटर बाजेले उनलाई एकदम माया दिएका थिए । त्यही भएर पनि उनी  मोटाएकी थिइन् तर राईटर बाजे भने जस्ताको त्यस्तै थिए।समय बित्दै गयो र एकदिन राईटर बाजेले सान्नानीलाई एक बाकसको चाबी दिए। त्यो दिन उनलाई श्रीमती भएको जस्तो लाग्यो । तर एक भितिनि र ब्राहृमण पुरुषको सम्बन्ध के समाजले स्वीकार गर्ला र ? भन्ने प्रश्न उनको मनमा खेलिरहेको थियाे । उनको यही प्रश्नको जवाफ खोज्न उनी  माईलीको भट्टीमा पुगिन् र सोधिन् । माईलीले त्यो  राईटरबाजेलाई छोडेर यही भट्टीमा काम गर्ने सल्लाह दिइन् । शैलीले पनि त्यही भनिन्  । तर उनले उनीहरूको  कुरालाई मानिनन्। केही समयपछि उनकाे कोखबाट एक छोरीको जन्म भयो । तर यो खुसी सुरु हुन नपाउँदै राईटरबाजेलाई क्षयरोग लाग्यो र उनले आफ्नो जागिर पनि गुमाए। त्यस पछि उनीहरूकाे जीवन झनै कष्टकर भयो । लेखक ले जे गरेर भए पनि राईटर बाजेलाई ठीक पार्ने सोच्थिन्।उनले धेरै प्रयास गरिन् तर असफल भइन् र राईटर बाजेको मृत्यु भयो।उनले राईटरबाजेले उनलाई दिएको नयाँ जीवन सम्झिदैँ आफ्नो मृत्युको पर्खाईमा बसिरहिन् समय बित्दै गयो र उनको पनि मृत्यु भयो । यसरी याे कथाको पनि समाप्त हुन्छ।

यस कथामा जातीय भेदभावको चर्चा गरिएको छ । यस कथामा एक भित्तिनी केटीलाई कसैले मानसम्मान दिदैँनन् । राईटरबाजेले उनलै पत्नी बनएर माया दिन्छन् । कसरी समाजको यस कुप्रथाको कारण एक मानिसको जीवन कष्टकर हुन्छ भन्ने प्रसङ्गलाई यस कथामा एकदम सरल भाषामा लेखिएको छ। यस कथामा एक श्रीमतीले भोगेको दुखकाे पनि चर्चा गरिएको छ । जातीयभेदभावको अन्त्यको लागि यो कथा रचिएको हो । यस कथाले थुप्रै मानिसहरूको  सोचमा परिवर्तन ल्याउने सहयाेग गरेकाे छ ।

 तेस्रो कथा एक रातमा एक रात एउटा किशोर बिछाैनामा सुतिरहेको थियो।ऊ एक्लै थियो  । एकछिनपछि केही मानिसहरू फलामको ढोका खोलेर भित्र आइपुगे र त्यो किशोरलाई “केही खान मन छ” ? भन्ने प्रश्न सोधे, “उसले छैन” भन्यो र मानिसहरू बाहिर निस्के।ऊ फेरि एक्लै भयो। उसलाई आफ्नो आमाबुवा बहिनी र घरको याद आईरहेको थियो । उसकाे बुवालाई छोरालाई अङ्ग्रेजी पढाउने रहर थियाे त्यही भएर किशोरले आफ्नो घर परिवारबाट टाढा हुनु परेको थियो। एकदिन उसले राधालाई श्रीमती बनाएर घर भित्र्याएको थियाे। समय बित्दै गयो र राधा गर्भवती भइन् । त्यस बेला किशोर जेलमा थियाे ऊ आफ्नो घरपरिवार,श्रीमती र साथीभाइलाई सम्झिन्छ। केही समयपछि सुबेदार र सिपाही आई उसको मुखमा कालो कपडा लगाई दिएर उसलाई फाँसीमा चढाइन्छ। यसैरी यस कथाको समाप्ति हुन्छ।

मानिसको जीवनमा धेरै अप्ठ्यारा परिस्थितिहरू आउँछन र निकै सङ्घर्ष पनि गर्नुपर्छ । जस्तो सुकै परिस्थिति आए पनि आफ्नाे  मनोबल बढाई त्यो परिस्थितिलाई स्विकार्नु पर्छ । यही नै यस कथाको मुख्य सन्देश हो ।

चौथो तथा अन्तिम कथा श्वेत भैरवीमा लेखकले उनी  ११ बर्षको छँदाको कहानी सुनाउँदै छन् । उनले आफ्नो गाउँको परिवेशको चर्चा गरे । ललाह र उसकी छोरी फगुनीको घर नजिकै त्यो मुशेल्धरा थियो।उनीहरूले वर्षायाममा धेरै समस्याहरू  भोग्नुपर्थ्यो । लेखकले फागुनीको वर्णन गर्छन्।उसकाे रूपरङ्गको वर्णन गरे। उसकाे स्वभाव भने अरू केटीहरू भन्दा भिन्नै थियो । ऊ सानैदेखि एकान्तमा हुर्किएकी थिई ।उसका कोही साथी र भाइबहिनीहरू थिएनन्। लेखकले हामीलाई एक दिनको घटना सुनाउँछन । एकैचोटी उनको वरिपरि शान्ति छाउँछ । लेखकको दिमागमा थुप्रै क़ुराहरू खेल्न थाल्छन् । एकछिनपछि उसलाई कोठातिर कोही आइरहेको ज़स्तो लाग्छ । ऊ एकदम डराउँछ,तर त्यहाँ फगुनी आएकी हुन्छिन् । फगुनीले नयाँ धोती लगाएकी हुन्छिन् उनीहरूबिच क़ुराकानी हुन्छ। केही समयको अन्तरालमा फगुनीमाथि श्वेतभैरवी चढ्याे र उनले लेखकमाथि हमला गर्ने प्रयास गरिन् । लेखकले  झ्यालबाट हामफाले र बारीमा झरे। एकछिनपछि शान्त भइन् र म पात्रकहाँ गइन् । । लेखकले त्यो क़ुरा कसैलाई  नसुनाउने निश्चय गरे । समय बित्दै गयो र म पात्रकाे घुँडाको घाउ पनि निको भयो । 

म यो पुस्तक सिफारिस गर्न चाहान्छु किनभने यस कथासङ्ग्रहको हरेक कथाले एक महत्त्वपूर्ण सन्देश प्रदान गरेको छ र मानिसको सोचमा परिवर्तन गर्ने काम  पनि गरेकाे छ ।