Logo

Student Corner

साग

Written by: Saanvi Shrestha - 2031016, Grade I

Posted on: 08 December, 2020

 साग धेरै प्रकारका हुन्छन् ।मलाई साग खान मन पर्छ । म सधैँ साग खान्छु । साग खाँदा आँखा तेजिलो हुन्छ । सागमा भिटामिन हुन्छ। साग माटोमा फल्छ । साग रोटी र भातसँग खाँदा मिठो हुन्छ । मलाई चम्सुरको र तोरीको साग मन पर्छ । सागमा किरा पनि हुन्छ । सागलाई केलाउनुपर्छ । केलाएपछि पखाल्नुपर्छ अनि काट्नुपर्छ । सागलाई पकाउनुपर्छ ।  मसिनो पारेर काटेर पकाएकाे साग खाँदा मिठो हुन्छ ।