Logo

Student Corner

सनान्नी कथा समीक्षा

Written by: Himani Bhattarai - 2023017, Grade IX

Posted on: 07 December, 2020

श्वेतभैरवी साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित कथा सङ्ग्रह हो। श्वेतभैरवी कथा सङ्ग्रह २०३९ मा सङ्ग्रहित कथा सङ्ग्रह हो । वी पी कोइरालाद्वारा रचित कथा श्वेतभैरवी सङ्ग्रहका हरेक कथाले  महत्त्वपूर्ण सन्देश बोकेका छन् । यस सङ्ग्रहमा  चार ओटा कथाहरू रहेका छन । सान्नानी, राइटर बाजे, एक रात र श्वेत भैरवी।

पहिलो कथा सान्नानीमा लेखकले आफूलाई एक अबोध बालकको रूपमा प्रस्तुत गारेका छन्। ऊ एकदिन गाउँमा आइपुग्छ । उसकाे लागि त्यहाँको वातावरण एकदम नयाँ थियो किनभने उसले अहिलेसम्म गाउँ देखेको थिएन तर ऊ  सानैदेखि गाउँमा थियाे । त्यो अबोध बालकको भेट सान्नानीसँग हुन्छ। सान्नानीसँगको भेट उसकै आमाको माध्यमबाट भएको हुन्छ । सान्नानीले उसलाई गाउँ घुमाउँछिन् । उनीहरूको राम्रो मित्रता गाँसिन्छ।सान्नानीको सङ्गतले त्यो अबोध बालकमा पनि परिवर्तन आउन थाल्छ । सुरूसुरुमा लेखकलाई गाउँको ठुलो ठाउँमा घुम्न डर लाग्छ तर बिस्तारै मनबाट त्यो डर पनि हराउँदै जान्छ । केही समयको अन्तरालमा त्यस गाउँमा बाढी आउँछ र गाउँमा धेरै क्षति पुर्याउँछ।बिस्तारै त्यँहाको परिस्थिति सामान्य हुँदै जान्छ। समय क्रमसँगै म पात्र र सान्नानी एकदम राम्रा मित्र हुन्छन् तर एकदिन सान्नानीकी आमाले उनलाई केटाहरूसँग नबोल्न भन्छिन् । समाजले केटा र केटी बोलेको राम्रो मान्दैनन् भन्छिन् । उनीहरूको भेट हुन्छ । आमाको कुरा सम्झेर सान्नानी निराश भइरहेकी थिइन् । समय बित्दै जान्छ । लेखकको पनि सहर जाने बेला हुन्छ । सान्नानीको चाहिँ बिहे हुन लागेको हुन्छ । उनीहरू एकअर्कालाई नबिर्सिने वाचा गर्दै बिदा हुन्छन् । तिस बर्षपछि उनीहरूको भेट हुन्छ तर सान्नानीले लेखकलाई बिर्सिसकेकी हुन्छिन् । यसरी याे कथाकाे अन्त्य हुन्छ । कथाले हाम्रो समाजकै एक विषयलाई देखाएको छ । कसरी समाज र यहाँका मानिसहरूको कारणले मानिसहरूको सम्बन्धलाई बिगार्ने काम गर्छ ।यस कथाले थुप्रै मानिसहरूको जीवनसँग मेल खान्छ।