Logo

Student Corner

जुनकिरी

Written by: Shuvee Lamichhane - 2028037, Grade IV

Posted on: 07 December, 2020

जुनकिरी एक किसिमको किरा हो । जुन गर्मी या वर्षायामको रातिमा देखिने गर्छ । जुनकिरीकाे पुच्छरमा एउटा बत्ती हुन्छ ।त्यस बत्तीलाई उनीहरूले आफ्नो इच्छाअनुसार बाल्ने गर्दछन् । उनीहरू पुच्छरकाे बत्तीकाे माध्यमबाट एक अर्कामा सम्पर्क गर्ने अथवा भेटघाट गर्ने काम गर्दछन् । भाले जुनकिरीले ५।५ सेकेन्डमा बत्ती बाल्ने गर्दछन् भने पोथी जुनकिरी ले २।२  सेकेण्डमा बत्ती बाल्ने गर्दछन् । यिनीहरू प्रायः लडेको कुहेकाे काठको वरिपरि, कुवाको वरिपरि, लामा-लामा घाँस र अध्यारो ठाउँमा बस्ने गर्दछन् ।  जुनकिरीले आफूभन्दा सानासाना किराहरूलाई आहाराको रुपमा प्रयोग गर्दछन् । जुनकिरीले बत्ती बालेर उडेको दृश्य रमाइलो देखिन्छ ।  केटाकेटीले यस दृश्यलाई घरको बाहिर बसेर नियालिरहेका हुन्छन् र जुनकिरीलाई च्याप्प समात्ने काम पनि गर्दछन् । जुनकिरीका बारेमा खोजेर पढ्दा र यसका बारेमा जानकारी लिँदा अझै रमाइलो हुन्छ ।