Logo

Student Corner

यसपालिकाे दसैँ

Written by: Nicky Mahato - 2028019, Grade IV

Posted on: 06 December, 2020

दसैँ  हाम्रो सबैभन्दा ठुलो पर्व हो ।  यो पर्व १५ दिन मनाइन्छ ।  यस चाडमा टाढा भएका आफन्तजनहरू, घरपरिवारका सदस्यहरू घरघरमा भेला भएर ठुलाबडाको हातबाट टीका लगाउने काम हुन्छ ।  यो पटकको दसैँ भने कोरोनाका कारण पहिलाकोजस्तो हुन सकेन ।  आफू  जहाँ जहाँ छौँ त्यहीँबाट टीका लगाउनु पर्ने आदेश सरकारको थियो र कतै आफन्तजनकोमा जान  पनि कोरोनाको डर थियो ।  त्यसैले यसपालीको दसैँ पहिलाको जस्तो हुन सकेन । हामीले  पढ्ने स्कुलको अनलाइन कक्षाको दसैँको बिदा बाह्र दिन थियो।  यसपालिको दसैँमा मैले मेरै घरमा आमा बाबा र दाजुहरूको हातबाट टीका लगाएर जमरा लगाएर मनाएँ ।  मेरो बाबाले यसैमा दुईवटा कुखुरा किन्नु भएको थियो । त्यसैलाई पूजा गरेर काटेर त्यसैको मासु खाएर अनि टीका लगाएर दसैँ मनायाैँ ।   मेरा ठुला बुबाले पनि मलाई टिका लगाएर पैसा दिनुभयो । कोरोना भाइरसले गर्दा  लकडाउन भएर हामी घरमा दसैँ मनायाैँ ।   दसैँमा म मेरा दाजुहरूसँग खेलेँ ।  घरमै बसेर चङ्गा उडाएँ । दिदीले हामीलाई मिठाई दिनुभयो। मैले पैसा जम्मा गर्नको लागि एउटा खुत्रुके किनेँ  ।  मैले आफूसँग भएका सबै पैसा खुत्रुकेमा जम्मा गरेँ र यसपालिको दसैँदेखि पैसा अनावश्यक खर्च नगर्ने आफूसँग भएको पैसा खुत्रुकेमा राखेर जम्मा गर्ने उद्देश्य लिएको छु ।  आफूसँग भएका सबै समयले खुत्रुकेमा नि राख्ने पनि गरेको छु । कोरोनाका कारण गाउँमा गएर दसैँ मनाउन नपाए पनि अर्को वर्षको दसैँ मैले गाउँमै गएर मनाउन पाइयोस् भन्ने आशा पनि लिएको छु ।