Logo

Student Corner

सामाजिक सञ्जाल

Written by: Bikarsha Ojha - 2022005, Grade X

Posted on: 06 December, 2020

 कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरू  आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ।यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरूको सामूहिक रूप हो । फेसबुक, युट्युब, भाइबर, ट्वीटर, आदि यसका उदाहरण हुन् । यो खासगरी क्म्प्युटर (ल्यापटप वा डेस्कटप) र माबाइल (स्मार्टफोन वा ट्याब्लेट) जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसको प्रयोगको दायरा धेरै फराकिलो छ । हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ । यसमा हाल प्रायः व्यक्तिले करिब २० प्रतिशत समय बिताउने गरेको पाइन्छ।

सामाजिक सञ्जालका फाइदा

सामाजिक सञ्जालका माध्यमबाट सूचना आदान प्रदान छिटाछरितो गर्न सकिन्छ। घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ ।  महत्त्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिन्छ।कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिन्छ घरमै बसेर सरसामान खरिदबिक्री गर्न सकिन्छ । सारा विश्वलाई सानाे ठाउँबाट हेर्न सकिन्छ । अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्छ । व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिन्छ। 

समाजिक सञ्जालका बेफाइदा

सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने,अरु प्रति नकारात्मक टिकाटिप्णी सेयर गर्ने, सामाजलाई हानी नोक्सानी गर्ने विषयबस्तु बढी शेयर गर्ने, अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गरी सनसनी फैलाउने कार्य गर्ने ।अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने, समाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरन्जनको साधनको रुपमा प्रयोग गर्ने । गलत समाचार सम्प्रषण गर्ने।