Logo

Student Corner

बुबाकाे पसल

Written by: Livana Karmacharya - 2029016, Grade III

Posted on: 06 December, 2020

मेराे नाम लिवाना हाे । म कक्षाा ३ मा पढ्छु ।आज म मेराे बुबाले चलाउनु भएकाे पसलकाे बारेमा लेख्दै छु । मेरो बुबाको हार्डवेयर पसल छ। याे चाबहिलकाे गाेपीकृष्ण हलपछाडि छ । यहाँ सिमेन्ट, रङ, किल्ला, पाइप, झाडु कुचो,डोको, डोरी,कुटो, कोदालो पाइन्छन् । यहाँ कास्टिङ सोडा, धारा र धाराका सामानहरू पनि पाइन्छन् । ढलान किला, ऐना, सेतो सिमेन्ट, इनामेल,ढलान तार, पानी टेप जस्ता सामानहरू पाइन्छन् । रङ लगाउने बुरुस, रोलर पनि पाइन्छन् । यहाँ साबेल, ज्याबेल, पिग, घन्टी पाइन्छन्  । रङ बुबा आफैँले तयार गर्नुहुन्छ। पसलमा मेरी आमा पनि बस्नुहुन्छ। कहिलेकाहीँ म पनि पसलमा जान्छु । कोरोनाको कारण आजभोलि पसलमा मन्दी लागेको छ। त्यसैले आमा र म घरमा नै बस्छौँ l