Logo

Student Corner

स्वस्थ परिवार

Written by: Simone Shree Pathak - 2023012, Grade IX

Posted on: 03 December, 2020

एकै घरका जहानकाे सामूहिक रूप नै परिवार हाे । एकै घरको छानामुनि बस्ने एकै भान्साको खाना बाँडेर खाने ,विवाह, रगत,ग्रहण,वा समर्पणको सम्बन्धभित्र आवद्ध सदस्यहरूको समूह नै परिवार हाे । सङ्ख्यात्मक हिसाबले परिवार सानो वा ठुलो हुन सक्छ । हाल मानिसहरू व्यस्त हुँदै जादा  संयुक्त परिवार कमै मात्रामा पाइन्छ भने साने र छाेटाे परिवार सहरिया परिवेशमा बढी मात्रामा पाइन्छ । नेपाली समाजमा परिवारकाे मुली प्राय पुरुष नै हुन्छन् । 

परिवारका सदस्य अनुशासित र सभ्य भएमा परिवार राम्ररी चल्छ । अभिभावकहरूले परिवारको हेरचाह गर्छन् र उनीहरूको सुरक्षा गर्दछन्।  परिवारमा भावनात्मक र कार्यगत एकता महत्त्वपूर्ण  हुन्छ । परिवारले एक अर्काको रक्षा गर्दछन् र एक अर्कालाई खाँचोमा सहायता गर्दछन्। परिवारमा कहिलेकाही सामान्य कुरामा मनमुटाव पनि हुन सक्छ । त्यस्ता मनमुटावलाई समाधान गरी अगाडि बढ्नुपर्छ । 

एक व्यक्तिको जीवनमा परिवार धेरै महत्त्वपूर्ण हुन्छ। परिवारले एक व्यक्तिको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्दछ। परिवारले व्यक्तिको व्यक्तित्व आकार दिन्छ। यो परिवारमा निर्भर गर्दछ । यदि परिवार खुसी छ र असल छ भने, बच्चाहरू असल व्यक्ति बन्छन्। तर यदि परिवारमा कलह छ भने बच्चाहरूमा नकारात्मक  असर पर्न गई उनीहरुकाे भविष्य पनि अन्याेल हुन्छ । एक सुखी परिवारको लागी परिवारका सदस्यहरू बिच स्वस्थ सम्बन्ध हुनुपर्छ । सुखी परिवारका लागि परिवारका सदस्यहरूसँग स्वस्थ सम्बन्ध एकदम महत्त्वपूर्ण छ। जब परिवारबिच स्वस्थ सम्बन्ध हुँदैन, परिवार खुसी हुदैन।

 स्वस्थ सम्बन्धका लागि परिवारले एक अर्कासँग कुराकानी गर्न र समय बिताउन आवश्यक छ। यसले परिवार बीचको दुरी कम गर्छ। जब परिवारसँग कुनै कुराकानी हुँदैन तब सम्बन्ध टाढा हुन्छ। जस्तै आमाबुबा सधैँ काममा व्यस्त हुनुहुन्छ र आफ्ना बच्चाहरूसँग कुनै समय नै छैन भने । बच्चाहरुमा नैराश्यता उत्पन्न हुन्छ । यसले परिवारका सदस्यहरूमा मायाकाे कमी हुन्छ।  आधुनिक प्रविधिमा व्यस्त हुँदा परिवार एकल बन्न सक्छ । त्यसैले केही समय छु्ट्याएर  परिवारसँगै समय बिताउनुपर्दछ र एक अर्कासँग कुराकानी गर्नुपर्दछ। परिवारमा खुसी साट्ने काम गर्नुपर्छ ।