Logo

Student Corner

परिवर्तन पुस्तक समीक्षा:

Written by: Bipana Shrestha - 2023003 , Grade IX

Posted on: 02 December, 2020

परिवर्तन उपन्यास लेखक अर्जुनकुमार कार्कीद्वारा लिखित उपन्यास अनेक दृष्टिले बडो महत्त्वपूर्ण छ। यस उपन्यासमा धनवीरका तीनोटा छोराछोरी थिए।  तीमध्ये सबैभन्दा ठुलो चन्द्र थियो । धनवीरले चन्द्र ठुलो भएकाले उसको छिट्टै मुना नाम गरेकी केटीसँग विवाह गराइदिए। चन्द्रको विवाह मुनासँग भएपछि ऊ जागिरको खोजीमा सहर जान्छ र त्यहाँ गएर उसले अन्धविश्वासका  कुराहरू  देख्छ । ऊ  गाउँ फर्केपछि एउटा विद्यालयमा शिक्षण पेसामा संलग्न हुन्छ। एकदिन चन्द्रको समाजसेवीसँग भेट हुन्छ। समाजसेवीले उसलाई अरूमा परिवर्तन ल्याउनुभन्दा पहिले आफैँमा ल्याउनुपर्छ भने। त्यसैले चन्द्रले आफ्ना  नोकरहरूलाई आत्मनिर्भर बनाउन सक्यो भने उसको यो कार्यबाट अरू पनि प्रभावित भएर उसलाई समर्थन गर्छन्। यसबाट केही परिपवर्तन पनि हुन्छ । यो  देखेर सबै गाउँलेहरू  चकित भए । उनीहरूले यो सबै  कसरी भयो भन्ने  प्रश्न चन्द्रलाई गरे । चन्द्रले  उनीहरूलाई सिपमूलक तालिम लिएर आफैँ स्वावलम्बी बनेर पैसा कमाउन सकिन्छ भने । गाउँलेहरूलाई चन्द्रको भनाइ सही लाग्यो र धेरै गाउँलेहरू  चन्द्रको सिपमूलक तालिम  लिएर आफ्नो जीवनस्तर राम्रो बनाउनतिर लागे । यो सबै देखेर गाउँका ठुलाबडाहरू  धेरै रिसाएका थिए । उनीहरूले गाउँलेहरूलाई सम्झाउन खोजे तर सबैले उनीहरूको कुरा सुनेर पनि नसुनेझैँ गरे । केही दिनपछि चन्द्रकी पत्नी मुना गर्भवती भएको कुरा निस्क्यो। केही महिनापछि चन्द्रको छोरा मनोजको जन्म भयो। एकदिन चन्द्रले  विद्यालयमा प्रधान अध्यापकले चुरोट खाएको देख्यो। उसले प्र.अ.ले नै विद्यालयको स्वच्छ अध्ययन वातावरणलाई प्रदूषित बनाएकाे कुरा  उनीरूले बताए । प्र.अ.विरुद्ध आवाज उठाएकाले चन्द्र र उसका साथीहरूले शिक्षण पेसाबाट निष्कासित भए। त्यसपछि उनीहरू  धेरै गाउँमा गएर चेतनाको प्रकाश छरे । मानिसहरूलाई अशिक्षा र अन्धविश्वासबारे धेरै कुरा सिकाए। 

एकदिन उसको मित भीमले भन्यो  कि अब उसले  उनीहरूसँग काम गर्न सक्दैन । उसलाई गाउँमा केही महत्त्वपूर्ण काम गर्न बाँकी रहेकाे बतायाे । उसको महत्त्वपूर्ण कार्य भनेकाे  चन्द्रको पत्नीलाई आफ्नी पत्नी  बनाउने थियो।  भीमले मुनालाई आफ्नी पत्नी बनाउन धेरै  प्रयत्न  गर्यो तर उसले नमानेपछि भीमले मुनालाई गर्भवती बनायो । समाजको डरले गर्दा मुनाले भीमसँग विवाह गरी।  केही दिनपछि भीमले जानीजानी  एउटा राकेश  भन्ने प्रहरी अधिकृतको हत्या गर्यो।  तर उसले  आरोप चन्द्रमाथि लगायाे।  भीमले प्रहरीको मद्दतले चन्द्रको हत्या गर्यो।  उसको मृत्यु भएपछि उसका साथीहरूले उसको सपना पूरा गर्ने वचन लिए। हाम्रो देशका नागरिकमा  जति सुकै ठुलो ठुलो घर बनाएर परिवर्तन भए पनि मानिसको सोंचमा भने परिवर्तन हुन सकेको छैन। समाज परिवर्तन गर्न  हामीले पहिले आफ्नो सोच  परिवर्तन गर्नुपर्छ। 

म यो पुस्तक सिफारिस गर्न चाहन्छु। यो एउटा उपन्यासबाट पनि मैले धेरै कुरा बुझ्न सके।