Logo

Student Corner

कम्प्युटर

Written by: Manip Maharjan - 2022009, Grade X

Posted on: 01 December, 2020

कम्प्युटर स्वचालित विद्युतीय यन्त्र हो । जसको अर्थ गणना गर्नु हुन्छ। निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरी नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कम्प्युटर भनिन्छ । जुन एउटा विधुतीय साधन हो । आज भन्दा करिब ६०/७० वर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको थियो । सुरु सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विद्युतीय यन्त्र भन्ने बुझिन्थ्यो । तर आज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न पुगेको छ । विकासका लागि हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग हुन थालेको छ । कुनै पनि क्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।

विशेष गरी कम्प्युटर दुई वटा तत्वहरू मिलेर बनेको हुन्छ । ती हुन् कम्प्युटर हार्डवेयर र कम्प्युटर सफ्टवेयर । यी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सफ्टवेयरले केही काम गर्न सक्दैन र सफ्टवेयर विना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सफ्टवेयरको मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।

 कम्प्युटरकाे प्रयाेग हाल दिनप्रतिदिन बढ्दै गइरहेकाे छ । कार्यालयीय कामदेखि  अस्पताल, विद्यालय, कलकारखाना, यातायात,व्यापार,व्यवसायलगायतका हरेक क्षेत्रमा यसकाे बढ्दै गइरहेकाे छ । नेपालमा पनि यसकाे प्रयाेग दिनानुदिन बढ्दाे छ। सूचना प्रविधिकाे विकाससँगै  कम्प्युटरकाे  प्रयाेग बढ्दै गएकाे देखिन्छ । हाल कम्प्युटर डेक्सटप,एलसिडि,ल्यापटप विभिन्न आकारमा प्राप्त सकिन्छ भने हाल कम्प्युटर मानिसकाे अभिन्न साथी बन्दै उसका हरेक कार्यलाई सहयाेग गर्दै आइरहेकाे छ ।