Logo

Student Corner

हिमाल

Written by: Aaron K.C. - 2030004, Grade II

Posted on: 01 December, 2020

मलाई हिमाल असाध्यै मन पर्छ । आकाशमा छाेएका जस्ता देखिने सेता हिमालमा सूर्यको किरण पर्दा निकै राम्रा देखिन्छन् । नेपालकाे उत्तरतिर धेरै हिमालहरू छन् । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा हाम्रै देश नेपालमा छ । नेपालमा धेरै हिमालहरू छन् । हिमालले हाम्रो देशलाई सुन्दरता बढाएको छ । हिमालमा सधैँ हिउँ पर्छ । हिउँसँग खेल्दा रमाइलो हुन्छ । हिमालमा सधैँ चिसो हुन्छ । हिमालको हिउँ  पग्लेर नदीनाला खोला झरना आदि बन्छ ।