Logo

Student Corner

नेपाली भाषा

Written by: Sabin Shrestha - 2022017, Grade X

Posted on: 30 November, 2020

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतका केही स्थानकाे आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो। खासगरी सन् १९९० पछि लाखौँ सङ्ख्यामा नेपालीहरू आप्रवासीका रूपमा विदेशिन थालेपछि अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, युरोपेली सङ्घ र खाडी मुलुकहरूमा नेपाली भाषीहरू छरिएका छन् । नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन् । स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्। अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न निकै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो। नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो; जस्तै -: खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यीमध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो। खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो। यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो।