Logo

Student Corner

दसैँ

Written by: Krizan Rajbanshi - 2030016, Grade II

Posted on: 30 November, 2020

दसैँ हिन्दुहरूको एउटा महान चाड हो । यस चाडमा दुर्गा भवानीकाे पूजा गरिन्छ । यो घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ। दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनाका दिनदेखि दुर्गा भवानीको स्थापना गरी जमरा राखिन्छ। नवाैँ दिनसम्म दुर्गामाताको पूजा गरिन्छ । दशमीको दिन आफूभन्दा ठूलाबडाका हातबाट टीका जमरा लगाई आशीर्वाद लिइन्छ। दसैँमा नयाँ लुगा लगाएर हामी मामाघर जान्छौँ । मिठा मिठा खानेकुरा खान्छौँ । चङ्गा उडाउँछौँ । पिङ पनि खेल्छौँ ।