Logo

Student Corner

पहिले र अहिले

Written by: Sonishma Basnet - 2022021, Grade X

Posted on: 29 November, 2020

बसिरहेकी छन् ,छेउँमा 
मेरी हजुरआमा 
लिएर टाउकोमा सेतै फुलेको कपाल
मुहारमा मुस्कानको छाप छ।   

जन्मेकी थिइन्, महेन्द्रको पालामा
जमाना थियाे त्यस्ताे
चलन थियाे पुरानाे,
एकादेशकाे कथा जस्तै 

कथाभित्रका उपकथा जस्तै
 मनमा अनेक व्यथा उन्दै,
हेर्दहेर्दै उनी आइसकिन् गणतन्त्रमा,
फरक छुट्याउन सक्दिनन्। 

उनी पहिले र अहिले

राजा र प्रजामा,
शासन र प्रशासनमा
शैली र व्यवस्थामा
उनलाई प्राचीनता प्याराे छ,
आधुनिकताले चरम सीमा नाघेकाे छ। 
राज्यबाटै न्याय भागेकाे छ,
न्यायबाट अदालत टाढिएकाे छ,
अदालतबाट अपराधी टाढिएका छन् ,
त्यसैले हजुरआमालाई प्राचीनता प्याराे छ।