Logo

Student Corner

पुतली

Written by: Sirius Sirish - 2030041, Grade II

Posted on: 29 November, 2020

पुतलीहरू धेरै राम्रा हुन्छन् । पुतलीहरू थरी थरी रङमा पनि पाइन्छन् । कुनै पुतली साना हुन्छन् भने कुनै पुतली ठूला हुन्छन्। हाम्रो घरबाट धेरै पुतलीहरू देखिन्छन् । कहिलेकाहीँ ती पुतलीहरू हाम्रो बगैँचामा पनि आउँछन् । मैले धेरै थरीका पुतलीहरू देखेको छु । पुतलीहरूको खाना फूलकाे रस हाे । उनीहरू फूलमा गएर फूलको रस चुस्छन् ।  पुतलीहरूलाई फूलको रस  मन पर्छ र फूल पनि मन पर्छ । पुतलीहरूले बगैँचाको शोभा बढाएका हुन्छन् ।