Logo

Student Corner

शिक्षा

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 26 November, 2020

शिक्षा अन्धकारमा प्रकाशको किरण हो । पढ्नु र लेख्नु शिक्षाको पहिलो चरण हो। । शिक्षाले मानिसलाई साक्षर बनाउँदछ। साक्षर हुनु  भनेको जीवनमा परिवर्तन आउनु हो । शिक्षाले व्यक्तिलाई आफ्नो विचार कुशलतापूर्वक व्यक्त गर्न सक्षम गराउँछ। शिक्षित व्यक्तिहरूले आफ्नो विचार स्पष्ट तरिकाले व्यक्त गर्न सक्दछन्। शिक्षा जीवनको लागि आशा हो। शिक्षा प्रत्येक मानवको आधारभूत अधिकार हो।

शिक्षा नै देश विकासको मेरुदण्ड हो । शिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालोतर्फ लम्काउँछ। शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो। यो जन्मेदेखि नमरुन्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। शिक्षा धेरै किसिमको हुन्छ । शिक्षाले मानिसका मानसिकता र व्यवहारमा सुधार ल्याउने 

काम गर्दछ । त्यसैले शिक्षित मानिस बढी समझदार र शान्त हुन्छन्। शिक्षाले मानिसलाई जिम्मेवार बनाउँछ । समाजका नियमको पालना गराउँछ। शिक्षित व्यक्तिहरू विचारपूर्वक काम गर्छन् । शिक्षित व्यक्ति सबैकाे प्रिय हुन्छ । शिक्षा भनेको जीवन जिउने आधार पनि हो। शिक्षा पुस्तकहरूको गहन अध्ययनबाट हामीले आर्जन गर्न सक्दछौ । शिक्षा कसैको जीवनी, क्रियाकलाप आदिबाट  पनि  अनुकरणीय शिक्षा प्राप्त गर्न सकिन्छ। 

प्रकृति ज्ञानको गुरु हो । प्रकृतिबाट हामीले धेरै शिक्षा पाउन सक्छौँ । शिक्षा मानिसको ठुलो हतियार हो। जुन हामीले आफूलाई चाहिएको बेला प्रयोग गर्न सक्छौँ।  शिक्षा ज्ञानको तेस्रो आँखा हो। शिक्षा सूर्यको किरण र अन्धकारको जून हो। तसर्थ शिक्षा व्यक्ति, समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्ने महत्त्वपूर्ण दस्ताबेज हो।