Logo

Student Corner

गाई

Written by: Sambhabi Mainali - 2030048, Grade II

Posted on: 26 November, 2020

गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई  घरपालुवा जनावर हो । यसका दुईवटा आँखा,  दुईवटा कान हुन्छन् । यसका चारवटा खुट्टा हुन्छन् । यसको एउटा पुच्छर, मुख र नाक हुन्छ । गाईले दूध दिन्छ । दूधबाट दही, मोही, घिउ, पनिर आदि बनाउन सकिन्छ । गाईको दूध मिठो र पोषिलो हुन्छ । गाईको दूधले धेरै फाइदा गर्छ । बच्चा केटाकेटी र बुढाबढीले दूधको सेवन दिनहुँ गर्नुपर्छ । गाईले घाँस, पराल, कुँडाे खान्छ । गाईले गोबर र गहुँत दिन्छ । गोबर र गहुँत मलका रूपमा खेतबारीमा हालेर अन्न उब्जाउन सकिन्छ । गाईलाई तिहारमा पूजा गरिन्छ ।