Logo

Student Corner

अनुशासन

Written by: Himani Bhattarai - 2023017, Grade IX

Posted on: 25 November, 2020

अनुशासन शब्दको अर्थ नियम पालना गर्नु र मर्यादा भित्र रहनु हो । मानव जीवनमा अनुशासनको ठुलो महत्त्व  रहेको छ । मानव जीवनमा जुनसुकै काम गर्दा पनि अनुशासनको प्रयोग हुन्छ । अनुशासन मानिसको जीवनको हरेक पलमा महत्त्व छ । अनुशासन नभएको मानिसलाई पशुसँग तुलनासमेत गरिन्छ । अनुशासनमा बस्न हामीले सानैदेखि सिक्दै आएका छाैँ । सानो छँदा घरमा आमा बुवाले हामीलाई अनुशासनमा बस्न सिकाउँदै आउनुभएकाे छ भने विद्यालयमा गुरु गुरुआमाले।

अनुशासनले मानिसको जीवनमा ठुलो भूमिका निर्वाह गर्दछ । मानव जीवनमा अनुशासन र शिक्षालाई एकै रथका दुई पाङ्ग्रा भानिन्छ । यसकाे अर्थ शिक्षा र अनुशासन मानव जीवनमा उत्तिकै महत्त्वपूर्ण छन् । यदि एउटा व्यक्ति पढाइमा एकदम अब्बल छ तर ऊ अनुशाशित छैन भने ऊसले समाजबाट मानसम्मान पाउन सक्दैन । भविष्यमा ऊ एउटा उदाहरणीय व्यक्ति बन्न सक्दैन । 

अनुशासनकै कारण मानिसहरू एक अर्काको मानसम्मान गर्छन् । अनुशासन मानिसमा मात्र नभएर अन्य प्राणीमा पनि पाइन्छ । अनुशासनले गर्दा नै मानिस महान् बन्छ । अनुशासन मानिसकाे गहना हाे । गहना लगाएकाे मानिस जसरी सुन्दर देखिन्छ त्यसरी नै अनुशासित मानिस पनि सुन्दर देखिन्छ । अनुशासन भनेकाे मानिसकाे भित्री साैन्दर्य हाे । अनुशासनविनाकाे मानिस जीवनमा सफल हुन सक्दैन ।