Logo

Student Corner

कोविड र यसले चाडपर्वमा पुर्याएको असर

Written by: Kriti Nepal - 2023016, Grade IX

Posted on: 24 November, 2020

कोविड १९ ( कोरोना वाइरस )  २०१९ बाट सुरु भई हाल विश्वभर माहामारीको रूपमा फैलिरहेको छ | यसले मानव जातिको रहन सहन र दैनिक क्रियाकलाप निकै प्रभाव पारेको छ | यो माहामारीले गर्दा स्कुल, कलेज, अफिस सबै बन्द भएर घरबाटै सबै पढ्ने पढाउने (वोर्क फ्रम होम) घरबाट नै  काम गर्नु परेको छ | यसले गर्दा चाडपर्वहरूमा पनि निकै असर पुर्याएको छ |

 नेपालमा निकै चाडपर्वहरू धुमधामले मनाउने गरिन्छ | हरेक वर्ष दशैँ, तिहार,  छठ, होली  जस्ता चाडपर्वहरू निकै उत्साह र उमङ्गले मनाउने गरिन्छ । २०१९ देखि फैलिएको यो कोरोनाको माहामारीले गर्दा यस वर्षका पर्वहरू पहिले जस्तो उल्लासका साथ मनाउन सकिएन | दशैँ जस्तो महान् चाडमा सबै घर परिवार जम्मा भएर एक अर्कासँग मिलिजुली टीका लगाई आशीर्वाद आदानप्रदान गरिन्थ्यो भने अहिले काेराेना त्रासले गएका वर्षमा जस्ताे उल्लासका साथ मनाउन सकिएन । दसैँपछिकाे दाेस्राे महान् चाड तिहारमा पनि बत्ती बालेर दाजुभाइ दिदीबहिनी मिलेर घरघरै देउसी  भैलो खेलेर रमाइलो गरिन्थ्याे भने अहिले त्यो पनि आआफ्नो घरमा मात्र सीमित भयाे | तिहारपछि आउने छठमा पनि नदी, तलाउ, पाेखरी, जलाशयमा गई सूर्यकाे उपासना गरिन्थ्याे भने अहिले जहाँतही कोरोनाको उच्च जोखिम भएकाले  हामीले सतर्कतासाथ चाड मनायाैँ । काेराेनाबाट डराएर भाग्ने हाेइन सतर्कता अपनाउने हाे । महामारीकाे याे समयमा हामी सबैले स्वास्थ्य सावधानीका साथ यो वर्षका चाडपर्व मनायाैँ । 

कोरोनाका कारण यस वर्ष चाडवाडदेखि लिएर पर्यटन व्यवसाय र देशकै समग्र अर्थ व्यवस्थामा पनि निकै असर पुर्याएको छ । हामीले पर्व, उत्सव मनाउँदा रमाइलो गर्न मात्र नसोचेर आफ्नाे र आफ्ना परिवारको स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ | स्वास्थ्य सावधानीका साथ चाडपर्व मनाउनुपर्छ ।