Written by: Simona Sirish - 2025017, Grade VII
Posted on: 24 November, 2020
हातमा हात समाएर हुर्क्याैँ बढ्याैँ सँगै
बाल्यकालका याद अझै छन् हाम्रो मनमा ताजै ।
छाड्न हामी सक्ने छैनौँ एकअर्काको साथ
अझै पनि सँगै हिँड्छाैँ समाएर हात ।
सधैं हामी मिलिजुली सँगै सँगै बस्छाैँ
मित्रतालाई नजिक पार्न सधैँ कम्मर कस्छाैँ ।
हामी धेरै खुसी हुन्छौँ जब पाउँछौं साथ
साथमै भए पत्तै हुन्न बितेको दिन रात ।
खुसीमा हास्छाैँ हामी दुःखमा सँगै रुन्छाैँ
पढ्दा लेख्दा खेल्दा हामी सँगैसंगै बस्छाैँ ।
घरअनि बाटोघाटो स्कुलमा पनि
साथीभाइको न्यानो माया मन मुटु मै छ नि ।
कहिलेकाहीँ झगडा गर्छौं अनि छिट्टै मिल्छाैँ
जब हाम्रो झगडा पर्छ दुख मान्छौँ रुन्छाैँ ।
प्याराे साथी अरुसँग नहोस् भन्ने लाग्छ
अरुसँग साथी मिले रिसको आगो बल्छ ।