Logo

Student Corner

नेपालको झन्डा

Written by: Ruhjen Jung Khadka - 2031015, Grade I

Posted on: 24 November, 2020

मेरो देश नेपालको झन्डा अरू देशकोभन्दा फरक छ । नेपालको झन्डा दुईवटा त्रिकोण मिलेर बनेको छ । नेपालको झन्डाको रङ रातो, निलो र सेतो छ । झन्डाको  भुइँ रातो रङको छ । झन्डाको बिचमा सेतो रङको सूर्य र चन्द्रमा छ । झन्डाको किनारमा निलो रङ छ । हामीहरूले हाम्रो देशको झन्डालाई माया र इज्जत गर्नुपर्छ ।