Logo

Student Corner

खाेज

Written by: Nishant Mahato - 2025010, Grade VII

Posted on: 23 November, 2020

मान्छेको मनमा कुरा खेलाउने
नयाँ-नयाँ काम गर्ने रहर सधैँ  लाग्ने
आफ्नो ठाउँ र  परिवेशकोबारे केही खोजौं
हराएका नयाँ कुरा खोज्ने काम राेजाैँ । 

लुकी बस्ने धेरै जीव खोज्न बाँकी  छ है 
समुद्रको दुनियालाई बाहिर ल्याउनु छ है
समुद्रमा हराएका कुरा खोज्ने छौँ है
नयाँ नयाँ प्राणीलाई  चिनाउने छाैँ है ।

नयाँ नयाँ काम गर्न रुचि राख्नुपर्छ 
नयाँ सोँच नयाँ कामले अघि बढ्नुपर्छ
समुद्रमा जन्तु छन् है धेरै धेरै प्रकार
नयाँ खोजले दिनुपर्छ विश्वलाई नै उपहार

खराब कुरा छाडिदिई  आफ्नै दुनिया  जाेडाैँ
प्रश्न आफै निर्माण गरी उत्तर आफैं खोजौँ
चारैतिर पाउछाैँ  हामी उपहार प्रश्नमाला 
आधुनिक शिक्षाले  उत्तर दिने बढाऔँ  चाला