Logo

Student Corner

मलाई मन पर्ने फलफूल

Written by: Raj Manandhar - 2030029, Grade II

Posted on: 23 November, 2020

मलाई मन पर्ने  फलफूल आँप हाे । आँपको स्वाद मिठो हुन्छ । आँप पहेँला र हरिया रङका हुन्छन् । पाकेका आँप पहेँला हुन्छन् । काँचो आँप हरियो हुन्छ । काँचो आँप अमिलो हुन्छ । काँचो आँपको अचार पनि खाइन्छ । पाकेको आँप रसिलो र गुलियो हुन्छ । आँप गर्मी मौसममा पाइन्छ । मलाई आँप धेरै मन पर्छ । आँपमा भिटामिन पनि हुन्छ । आँपले हाम्रो शरीरमा फाइदा पनि पुर्‍याउँछ ।