Logo

Student Corner

Written by: Estella Shrestha - 2023013, Grade IX

Posted on: 19 November, 2020

म एक सुन्दर कलम बनेर, 

समानता र स्वतन्त्रताका गीतहरू  

भातृत्व अनि एकताका गीतहरू 

लेख्न चाहन्छु। 

             म एक सुन्दर फूल बनेर,

सजाउन चाहन्छु,

 मेरी आमाको शिर। 

कहिल्यै ननिभ्ने दीप बनेर,

शान्ति छर्न  चाहन्छु, विश्वभर ।  

              कञ्चन झरना बनेर, 

              चिस्याउन चाहन्छु, 

              मरुभूमिका बगरहरूलाई। 

कुना कन्दरा पाखा 

अनि समस्त भूमिलाई।   

             म एक सुन्दर कलम बनेर, 

सुनाैलो संसार रच्न चाहन्छु ।

सुनाैलो इतिहास रच्न चाहन्छु। 

सुनाैलो युग रच्न रच्न चाहन्छु।