Written by: Sauharda Bajracharya - 2025016, Grade VII
Posted on: 19 November, 2020
नौ महिना कोखमा राखी जन्म दिने मेरी आमा
सारा दुख पिडा सही हुर्काउने मेरी आमा ।
सधैँ-सधैँ ममता वर्षाउने मेरी आमा
जहिले बोकी स्कुल लग्ने प्यारी मेरीआमा ।
मेराे हाँसाेसँगै मिलाई मुस्कुराउने मेरी आमा
सत्मार्ग र सद्बुद्धिकाे शिक्षा दिने मेरी आमा ।
हेर्नु आमा बन्छु म ठुलो मान्छे कुनै दिन
जसमा चाहिन्छ तपाइँको आशीर्वाद त्यो दिन ।
ममताले सारा चोट निको पार्ने मेरी आमा
चोट लागेमा ठिक पार्ने औषधी हाै मेरी आमा ।
सबै कुरा सुन्न सक्छु, चाेट सहन सक्छु
आमाको पीडामा म लाग्छ आफैँ मर्छु ।