Logo

Student Corner

साहित्यकार बालकृष्ण सम

Written by: Bipana Shrestha - 2023003, Grade IX

Posted on: 18 November, 2020

नाटककार बालकृष्ण समको जन्म वि. सं. १९५९ सालमा काठमाडौँको ज्ञानेश्वमा भएको हाे । आमा कीर्तिराज्य लक्ष्मी र बुबा समरशमशेरका सुपुत्र बालकृष्ण सम तत्कालीन राणाहरूको वैभवशाली परिवारमा जन्मिएका हुनाले बाल्यकालमा कुनै दुःख भोग्नु परेन ।

बालकृष्ण समको शिक्षारम्भ घरमै पं. तिलमाध देवकोटाद्वारा भएको हो । पछि उनले दरबार हाइस्कुलमा पढे र त्यहीँबाट म्याट्रिक उत्तीर्ण गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजमा आइ. एस्सी. सम्मको अध्यान गरे । पढ्दा पढ्दै उनलाई सैनिक बन्नुपरेकाले उनको उच्च शिक्षा हासिल गर्ने सपना अपुरै रह्यो । स्वअध्ययनबाटै विशिष्ट ज्ञान हासिल गरेका समले पछि त्रिचन्द्र कलेजमा प्राध्यापन गर्ने काम पनि गरे ।

उच्च घरानियाँ परिवारका भएकाले घरमै रङ्गमञ्च थियाे । यस्ताे पारिवारिक वातावरणले बालकृष्ण सम नाटक लेखन र निर्देशन तथा अभिनयतर्फ आकर्षित भए । समकाे घरमा सधैँ नाचगान र नाटक प्रदर्शन भइरहन्थ्याे । यसले गर्दा उनको नाटकप्रति आकर्षण बढेको पाइन्छ । उनले दरबार स्कुल पढ्दा स्वदेशी तथा विदेशी साहित्यकारहरूका रचना पढ्ने अवसर पाएका थिए  । सोही क्रममा उनले विश्व प्रसिद्ध अङ्ग्रेजी प्रसिद्ध साहित्यकार नाटककार विलियम सेक्सपियरका नाटकहरू  पढे । बालकृष्ण समले विभिन्न प्रकृतिका नाटक लेख्नुका साथै आफैँ नाटकको अभिनय गर्न र नाटकको निर्देशन गर्ने कामसमेत गरे । यिनले  विभिन्न व्यक्तिहरूलाई रङ्गमञ्चको तालिम दिने काम पनि गरे । विभिन्न व्यक्तिहरूलाई तालिम दिँदा लाग्ने खर्च पनि आफैँ गर्थे । उनले नेपाली नाटकको लेखन, प्रदर्शन, विकास र विस्तारमा अमूल्य योगदान दिए । नेपाली नाटक विधालाई उच्च शिखरमा पुर्याउने काम पनि समबाटै भयाे ।

 

 नेपाली साहित्यका विविध विधामा कलम चलम चलाएका समले डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुकाे व्यथा (१९८६), मुकुन्द इन्दिरा (१९९४), प्रल्हाद (१९९५), अन्धवेग (१९९६), प्रेमपिण्ड (२००२), अमरसिंह (२०१०), नालापानीमा जस्ता उत्कृष्ट नाटकहरू प्रकाशित छन् । सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। कवितात्मक वा गद्यात्मक संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णाङ्की, जुनैमा पनि सम सबल देखिन्छन् । नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ।