Logo

Student Corner

गरिबको जिन्दगी

Written by: Rushina Tamang - 2025014, Grade VII

Posted on: 18 November, 2020

धनी भन्ने कुरा मेरो नाममा थिएन,

पैसा भन्ने कुरा मेरो सानमा थिएन,

हजारको नोट जिन्दगीभर मेरो हातमा थिएन ,

आमा र बुबाको मसँग साथ थिएन। 

 

घर भन्ने कुरा मैले कहिले पाइन,

खाना भन्ने कुरा मैले राम्ररी कहिल्यै खाइन,

विद्या मैले लिन कहिले पाईन,

बुबाले भन्नुभयो तलाई विद्या चाहिन्न।

 

डाक्टर बन्ने इच्छा कहिले पूरा भएन,

सहरको दृश्य कहिल्यै हेर्न पाइन,

आफ्नै घरको भित्ता कहिल्यै छुन पाइन,

आफ्नै गाडी कहिल्यै चलाउन पाइन।

 

जिन्दगीभर आकाशकाे छानाे पाएँ,

मिठो खानाको सट्टा धुलो माटो  पाएँ,

सडेकाे फालेको खाना खान खाएँ,

सधै च्यात्तेको लुगा लगाउन पाएँ। 

 

जिन्दगीमा मैले तारा हेर्न मात्र पाएँ,

आफ्नो आँखामा आँसु मात्र पाएँ,

अध्यारोले ढाकेको जिन्दगी मैले पाएँ,

तर पनि म सधैँ उज्यालो मुख लिएर हाँसीरहेँ l