Logo

Student Corner

खेल

Written by: Rohan Upreti - 2022016, Grade X

Posted on: 12 November, 2020

खेलकुदले मानिसलाई स्वस्थ रहन सहयोग गर्छ। खेल व्यक्तिको जीवनमा महत्त्पूर्ण हुन्छ । खेल भनेको शारीरिक र मानसिक विकास पनि हो । खेलले मानिसलाई तन्दुरुस्त पनि बनाउँछ। मानवजीवनमा खेलकुदको ज्यादै ठूलो महत्त्व रहेको छ । खेलबाट हाम्राे शरीर र मन दुवै स्वस्थ रहन्छन् । अझ शारीरिक तन्दुरुस्तीका साथै निरोगी पनि बन्न सहयोग गर्छ। नियमित रूपमा खेलकुदमा सहभागी हुने व्यक्ति  ज्यादै फुर्तिलो हुन्छ । त्यसैले समय मिलाएर खेलकुदमा सहभागी हुनु अति जरुरी छ। खेलमा  एकाग्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा हुनुपर्दछ। खेलले नै एक अर्कामा  सहोयोगीको भावना बढ्न सक्दछ । अनि एकअर्कामा आत्मीयता पनि बढ्न जान्छ । तर अहिले कुनै कुनै खेलमा स्वस्थ प्रतिस्पर्धा नभई अस्वस्थ प्रतिस्पर्धा पनि भइरहेको पाइन्छ। जसरी भए पनि खेल जित्नै पर्ने भन्ने नचाहिदो होडबाजी र दुर्भावनाको विकासले गर्दा खेलमा नराम्रो अस्वस्थको सिर्जना भएको हो। खेल हुनुभन्दा अघि  नै हारजित निश्चित गर्नु, छलकपट हुनु, खेलाडीहरुलाई धम्की दिनु र तिनलाई खरिद गर्न खोज्नु आदिजस्ता खराब प्रवृत्तिका  कारण सिङ्गो खेलजगत नै  विवादमा फस्न पुगेको हुन्छ ।

खेलकुदबाट मानिसलाई धेरै फाइदा  हुन्छ । खेलकुदमा अनुशासन अपरिहार्य हुन्छ र यसले मानिसलाई अनुशासित जीवन बिताउन मद्दत  गर्छ । यसबाट मानिसमा  समूहमा मिलेर कम गर्ने बानीको  विकास हुन्छ । खेलबाट शारीरिक व्यायाम हुने  भएकाले शरीरमा काम गर्ने  शक्तिको पनि विकास हुन्छ।  खेलकुदकै कारण व्यक्तिको मानसिक र बौद्धिक विकास हुने कुरा  निश्चित नै   छ ।